आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

ललिता निवास प्रकरणमा आफ्नो कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा

 

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् ।

आज एक प्रेस नोट प्रकाशित गर्दै नेता शर्माले सो समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८/२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफु जिम्मेवार रहेको मन्त्रालयबाहेक भुमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पारेका छन् । आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुनेगरी प्रकाशित भ्रामक समाचारको भ्रममा नपर्न उनले सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदाय सबैमा अनुरोध समेत गरेका छन् ।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्माले प्रकाशित गरेको प्रेस नोटमा यस्तो विकृति र विसंगतिका बिरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी) केन्द्र र आफु सदा दृढतापूर्वक प्रतिवद्ध रहेको समेत स्मरण गराएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुका विरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शिताको पक्षमा उभिन समेत अपिल गर्न चाहन्छु ।’ उनले विज्ञप्तिमा लेखेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित