आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

अक्सफोर्डका दर्शन र अभिषेकले ल्याए ३.९५ जिपिए

बुटवल । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयले ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा उत्कृष्ट ल्याएको छ । विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका २ जना विद्यार्थीहरु दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् । यस बर्ष कुल १ सय ५ विद्यार्थीले एसईई दिएकोमा अन्य सवै विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।

त्यस्तै २ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए ल्याएका छन् । विद्यार्थीहरु माधवी भटट्राई र पुजा बञ्जाडेले ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यो नजिता सार्वजनिक भएको मध्ये हाल सम्मकै बुटवलमा उत्कृष्ट रहेको दावी विद्यालयको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित