
जेनेरेटरमा आगलागी भएका कारण स्थगित लुम्बिनी प्रदेश सभा बैठक पुनः सुरु भएको छ। दश मिनेटको लागि स्थगन गरिए पनि विद्युत आपूर्तिमा गडबडी भएका कारण दुई घण्टा ढिलो बैठक सुरु भएको हो।
दोस्रो अधिवेशनको १७ औं बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको छ। सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्वोधन गरेरपछि बैठक सुरु भएको थियो।
त्यसपछि एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनेरेटरमा आगलागी भएको थियो। पुनः सुरु भएको बैठकलाई प्रदेश सभा सदस्यरुले सम्वोधन गर्ने क्रम जारी छ।