आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

एसईईको नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले भने, ‘परीक्षाको नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ। प्राविधिक समस्या नआए शुक्रबार नतिजा प्रकाशन हुन्छ।’

यस वर्ष पनि गत वर्ष जसरी नै नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ। श्रेष्ठले भने, ‘लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशित हुन्छ। गत वर्ष पनि सोहीअनुसार नतिजा सार्वजनिक गरिएको थियो।’

यस वर्षको एसईईमा सहभागी विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले २०७२ को निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्न लागिएको हो।  लेटर ग्रेडिङ २०७२ को निर्देशिकाअनुसार कुनै पनि विद्यार्थीले ननग्रेड प्राप्त गर्ने छैनन्।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी  थिए। बोर्डले कार्यतालिकाअनुसार नै यसै साता नतिजा प्रकाशन गर्न लागेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित