लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एसईईको नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले भने, ‘परीक्षाको नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ। प्राविधिक समस्या नआए शुक्रबार नतिजा प्रकाशन हुन्छ।’

यस वर्ष पनि गत वर्ष जसरी नै नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ। श्रेष्ठले भने, ‘लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशित हुन्छ। गत वर्ष पनि सोहीअनुसार नतिजा सार्वजनिक गरिएको थियो।’

यस वर्षको एसईईमा सहभागी विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले २०७२ को निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्न लागिएको हो।  लेटर ग्रेडिङ २०७२ को निर्देशिकाअनुसार कुनै पनि विद्यार्थीले ननग्रेड प्राप्त गर्ने छैनन्।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी  थिए। बोर्डले कार्यतालिकाअनुसार नै यसै साता नतिजा प्रकाशन गर्न लागेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित