काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बर्दघाटमा ग्याँस लिंक हुँदा आगालागी, ३७ लाख बढीको क्षति

बुटवल । नवलपरासीको बर्दघाट बजारमा ग्यास लिक हुंदा भएको आगलागीबाट ३७ लाख बढीको क्षति भएको छ ।
चारवटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट हुंदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
स्थानीय बमबहादुर थापाको २ तले घरको सटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो ।
आगलागीबाट आशिष फोटो स्टुडियो पूर्ण रूपमा क्षति भएको छ ।
आगो निभाउनेक्रममा फोटो स्टुडियोका सञ्चालक आशिष चौधरी समान्य घाइते भएका छन् । त्यसैगरी आगलागीबाट पर्बत युनिक फेन्सी, रबिन फार्मेसी र जे.के. सैलुनमा आंशिक क्षति भएको डिएसपी पाण्डेले जानकारी दिए । दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित