
बुटवल । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वेस सहितका संरचना बन्ने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले विमानस्थलमा समानान्तर ट्याक्सी वेसहितका संरचना निर्माण गर्न लागेको हो ।
प्राधिकरणले हालै संरचना निर्माणका लागि आशिष क्षमादेवी बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृत भएको छ ।
प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लागेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।