आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारी लिन डिजिटल प्रणाली संचालनमा, २० गन्तव्य समेटिने

नेपालगञ्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा यो प्रणाली संचालनमा आएको हो।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टिकापुर ,सल्ले, लमहीलगायत २० ठाउँको मौसमी जानकारी लिन सकिने उनले जानकारी दिए।

‘इनरुट वेदरको जानकारी लिनका लागि पहिला पनि संयन्त्र थियो। तर यो पाइलट प्रोजेक्ट अन्तर्गतको डिस्प्लेमार्फत सर्वसाधारणले थप प्रभावकारी रुपमा जानकारी लिन सक्नेछन्,’ प्रवक्ता निरौलाले भने,’अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी दिन थप सहज हुने भएको छ।’

कर्णालीको हब विमानस्थलको रुपमा रहेको यो विमानस्थलको क्षमता विस्तार गर्दै प्राधिकरणले अतिरिक्त २५ सय मिटर धावनमार्ग विस्तार गर्न लागेको छ।

करिब तीन अर्ब रुपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधालक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ। यसका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको प्राधिकरणले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित