
रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका-५ का शिव भारती छन्।
उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए।
शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्।