जजिरा र थाई एयर एसियाले भैरहवामा पुनः उडान गर्ने बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा गर्ने निर्णय सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ?                
समाचार :

न्यू मिडियाको प्रयोग बढाउन सचिव पद्मा अर्यालको निर्देशन

नेकपा एमालेले लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका वडा तहसम्म प्रचार सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।

शनिवार एमाले लुम्बिनी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागको योजना बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशका सबै वडाहरूमा प्रचार सञ्जाल बिस्तार गर्ने गरी योजना बनाइएको एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् । सबै स्थानीय तहमा मात्र होइन, वडा तहसम्मै प्रचार सञ्जाल निर्माण गरी त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने अर्यालले बताइन् ।

‘प्रचारको कामलाई नयाँ र फरक ढंगले अगाडि बढाउन र कार्यकर्ताहरूलाई प्रविधिसँग जोड्दै आक्रामक ढंगले पार्टीको प्रचारको कामलाई जनस्तरसम्म पुर्‍याउन वडा तहसम्मै प्रचार सञ्जाल बिस्तार गर्ने निर्णय गरेका छौँ’, उनले भनिन् ।

अर्यालले अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब जस्ता प्रविधिको बढी प्रयोगमा अभ्यस्त भएको र अव पार्टीका सम्पूर्ण कार्यकर्ता पंक्तिलाई यसतर्फ अभ्यस्त गराउन जरुरी भैसकेको भन्दै पार्टी र मातहतका सबै कमिटीले प्रचारको नयाँ रोडम्याप अनुसार अगाडि बढ्ने गरी योजना बनाइने बताइन् ।

पार्टीका हरेक कमिटीका सूचना आदानप्रदानदेखि लिएर सबैखाले गतिविधि, पार्टीले सञ्चालन गरिरहेका अभियानहरू, पार्टी नेतृत्वको सरकार भएका बेलामा गरिएका राम्रा कामहरू र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अगाडि सारेका योजना र सकारात्मक कामलाई जनमानसमा सही ढंगले प्रभाव पार्ने गरी प्रचारलाई केन्द्रित गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘प्रचारको कामलाई सामाजिक सञ्जालसँग जोड्न सकिएन र नयाँ ढंगबाट प्रविधिको प्रयोग गर्न सकिएन भने आगामी दिन झनै चुनौतीपूर्ण हुनेछन्, यस तथ्यलाई मनन गर्दै लुम्बिनी प्रदेशका सबै स्थानीय तहका वडाहरूमा प्रचार सञ्जाल बिस्तार गरेर नयाँ ढंगले काम अगाडि बढाइने निर्णय भएको छ’, गौतमले भने ।

लुम्बिनी प्रदेशको प्रचारको संयोजन गर्ने जिम्मेवारी लिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले अव पार्टीका सबै कमिटी सामाजिक सञ्जालमा जोडिनुपर्ने, त्यसको नियमित अपडेट गरिनुपर्ने र सबै कार्यकर्ताले पार्टीले गरेका कामको प्रचारमा फेसबुक, टिकटक, यू ट्युव जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने गरी अघि बढिने बताए ।

थापाले स्थानीय स्तरमा पार्टीका विभिन्न कमिटीहरूले कार्यक्रम गरिरहे पनि ती सबैलाई ठूलो समुदायमा पुर्‍याउने काम सामाजिक सञ्जालहरूले गर्ने भएकाले अव प्रचारलाई यसतर्फ केन्द्रित गरिने बताए ।

लुम्बिनी प्रदेशमा पार्टीको संगठन राम्रो भएपनि आम जनसमुदायका माझ पार्टीलाई स्थापित गर्न प्रचार नै महत्त्वपूर्ण पाटो भएको निष्कर्षका सबै वडा तहसम्म पुग्ने निर्णय गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

‘वडा तहसम्म प्रचार सञ्जाल फैलाउने गरी पार्टी प्रदेश कमिटीले पनि आवश्यक सबै काम गर्ने छ, यसका लागि प्रदेश मातहतका सबै कमिटीलाई सक्रिय बनाइने छ र प्रचारको व्यवस्थापन प्रचार तथा प्रकाशन विभागले गर्ने छ’, उनले भने ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पार्टीका गतिविधिलाई जनमानसमा पुर्‍याउने काममा प्रेस चौतारीका हरेक सदस्य क्रियाशील रहने बताए । प्रचार विभाग र प्रेस चौतारी आपसी समन्वयका आधारमा अगाडि बढेको र प्रचार विभागले अगाडि सारेका योजना र कार्यक्रमलाई प्रचार चौतारीले नै कार्यान्वयन गरिरहेको उनले बताए ।

लुम्बिनी प्रदेशका १०९ वटा पालिकाका सबै वडाहरूमा प्रचार सञ्जाल बिस्तार भएपछि पार्टी नयाँ स्वरुपमा अगाडि बढ्ने एमाले लुम्बिनी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख डीआर घिमिरेले बताए ।

‘प्रचारको कामलाई व्यवस्थित र सोचेअनुरुप गर्न सकिएको छैन, अव भने फरक ढंगले आवश्यक गृहकार्य र योजनाका साथ लाग्ने निर्णय गरेका छौँ’, उनले भने ।

अब प्रचार विभागका हरेक जिल्ला शाखाले जिल्ला जिल्लामा योजना बनाएर कार्यान्वयन तहमा लैजाने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित