लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पाका विभिन्न स्थानमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाले ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल–पाल्पा सडकखण्डको विभिन्न स्थानमा पहिरो झर्दा शनिवार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–३ का धेरै स्थानमा पहिरो झरेको छ ।

राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगा सहितको पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ चिदीपानी धैरेनीमा लेदो सहितको पहिरो खसेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रान सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित