
बुटवल । निरन्तरको बर्षाका कारण बुटवलको ५ लेन सडक जलमग्न भएको छ । सर्भिस लेन समेत जलमग्न हुँदा बुटवल योगिकुटीमा ५ वटा घरभित्र पानी पसेको छ । बुटवलको योगिकुटी, कालिकानगर, बसपार्क क्षेत्र जलमग्न भएको हो । सानो नाली हुँदा पानीको प्रयाप्त निकास नहुँदा पानी सडकमै आउने गरेको छ ।