लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

राष्ट्रिय युवा संघले शुद्धोधनको खेतमा मनायो असार-१५ अर्थात राष्ट्रिय धान दिवस

बुटवल । राष्ट्रिय युवासंघ रुपन्देहीले असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुक्रबार शुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै युवाहरुलाई अब उत्पादसँग जोड्नुपर्नेमा दिईन ।

मानो रोपेर मेरी उब्जाउने दिनको रुपमा रहेको असार-१५ अर्थात राष्ट्रिय धान दिवस मुलुकका लागि महत्वपूर्ण दिनका रुपमा रहेको उल्लेख गरिन् । कृषिलाई व्यवसायिकरण र विशिष्टीकरणमा जोड दिँदै आचार्यले कृषिको बजारिकरण तथा कृषि उपकरणको व्यवस्थापनमा राज्यले व्यवस्था गर्न आग्रह गरिन् ।

देशभरीको बाझो जमिनलाई कृषि उत्पादमा प्रयोग गर्नेगरी योजनाको खाचो रहेको उल्लेख गरिन् । उत्पादनमा वृद्धिका लागि प्रयाप्त मल, उपयुक्त विषादी, सिंचाई, प्रविधि र बजारिकरणमा राज्यले ध्यान दिनुपर्ने बताईन । बुटवल उपमहानगरको पूर्प उपप्रमुख समेत रहेकी आचार्यले कृषि उत्पादनमा प्रर्योग भएको विषादी परीक्षण भरपर्दो व्यवस्था हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर चेनौती थपिँदै गएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य तलसी चौधरी, एमाले रुपन्देहीका सह-सचिव चित्रबहादर, केसी, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य बुद्धी थापा, कल्पना पाडे मगर, श्रद्धा कुवर रुपन्देही इन्चार्ज नशकुल शाही, जिल्ला अध्यक्ष विकास जंग बस्नेत लगायतले बोल्दै सम्पूर्ण युवालाई अब कृषि र उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए ।

असारे गीतसहित बीउ बोकेर हिलो खेतमा पुगेका ४ दर्जन बढी युवाहरुले शुद्धोधन-३ सखुवानीमा हिलोमा खेल्दै रोपाई गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवासंघ रुपन्देहीका सचिवालय सदस्य तथा कृषि विभाग प्रमुख समिर बस्नेत को अध्यक्षता र राष्ट्रिय युवासंघ शुद्धोधनका अध्यक्ष बिशाल रानाको कार्यक्रम संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालले स्वागत मन्तव्य राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित