
बुटवल । लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म निराशाजनक देखिएको हो ।
लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल जग्गामध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्ष असार १४ गते ३२.७१ प्रतिशत धान रोपाइँ भएको थियो भने २०७८ को असार १४ सम्म करिब ४६ प्रतिशत रोपाइँ भएको कृषि तथा भूमि मन्त्रालयको तथ्यांक छ ।
प्रवक्ता मरासिनीका अनुसार यस वर्ष असार १४ गतेसम्म ११.०९ प्रतिशतमात्रै रोपाइँ भएको छ ।