रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत रोपाइँ

बुटवल । समयमै बर्षा नहुँदा रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रुपन्देही सहित प्रदेशमै यस पटक कम रोपाइँ भएको बताए ।
रुपन्देहीमा ८ प्रतिशत रोपाइँ भएपनि लुम्बिनी प्रदेशमा समग्रमा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा मात्रै रोपाइँ भएको उनले बताए ।
गत बर्षको असार १५ सम्म लुम्बिनी प्रदेशमा ३२ दशमलव ७१ प्रतिशत रोपाइँ भइसकेको थियो । अहिले गत वर्षको भन्दा २१ दशमलव ६२ प्रतिशतले कम रोपाइँ भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित