भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तस्वीरमा हेर्नुहोस् – बुटवलमा भएको धान रोपाइँ

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । बुटवलमा पनि खेत रोपेर मनाइएको छ । १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

बुटवल तामनगरमा तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा धान रोपेर दिवस मनाएको हो । धान दिवसको कार्यक्रमलाई बुटवल उपमहानगर पालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले शुभारम्भ गरिन । सो अबसरमा उनले किसानलाई उन्नत बिउविजन र मलको ब्यबस्थापनमा आफुहरु लागिरहेको बताईन । साथै उनले अब निर्वाहमुखी भन्दा पनि ब्यबसायिकमुखी कृषि गर्नु पर्ने बताउदै किसानको उत्पादनलाई बजारिकरण गर्न उपमहानगरपालिकाले पहलकदमी लिने बताईन ।

बुटवलको उज्यालापुरमा पनि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा धान दिवस मनाईएको छ । सो अवसरमा नगरप्रमुख पाण्डेयले कृषिमा आर्कषित बनाउन मल, विउ तथा अनुदानका कार्यक्रमलाई उपमहानगरपालिकाले अगाडि बढाएको बताए ।

धान दिवस मनाइरहदा रुपन्देहीमा बर्षा नभएपछि धान रोपाइँ भने सुस्त गतिमा छ । प्रदेशमा पनि उल्लेख्य धान रोपाइँ बर्षा नहुँदा हुन सकेको छैन् । सरकारी तथ्यांक अनुसार धान दिवसका दिनसम्म लुम्बिनी प्रदेशमा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रोपाइँ अझै तीव्र गतिमा हुन नसकेको बताए ।

वर्षा नभएपछि र किसानले मल नपाउँदा लुम्बिनीमा यस वर्ष धान उत्पादन घट्ने देखिएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका-२ का रामप्रसाद अर्यालले आफूले १० बिघा खेतमा धान रोपाइँ गर्दै आएकोमा अहिले ब्याडसमेत सुक्ने अवस्थामा पुगेको बताउँछन् । उनले समयमा आवश्यक मल र सिँचाइको सुविधा नहुँदा यस वर्ष धान रोपाइँको काम हुन सकेको छैन ।

गत वर्ष यही अवधिमा लुम्बिनीमा करिब ३२।७१ प्रतिशत रोपाइँ भइसकेको थियो । अहिले गत वर्षको भन्दा २१।६२ प्रतिशतले कम रोपाइँ भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

प्रवक्ता मरासिनीका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबैभन्दा कम रुकुम पूर्वमा हुन्छ ।

कहाँ कति भयो रोपाइँ ?

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । रुपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

यस्तै, धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङमा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ ।

नवलपरासी पश्चिममा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात् १२ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।

पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । प्युठानमा भने ८० प्रतिशत र अर्घाखाँचीमा १० प्रतिशत रोपाइँ भएको छ ।

प्युठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । प्युठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस्तै, रोल्पामा ४५.५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित