उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

तस्वीरमा हेर्नुहोस् – बुटवलमा भएको धान रोपाइँ

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । बुटवलमा पनि खेत रोपेर मनाइएको छ । १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

बुटवल तामनगरमा तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा धान रोपेर दिवस मनाएको हो । धान दिवसको कार्यक्रमलाई बुटवल उपमहानगर पालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले शुभारम्भ गरिन । सो अबसरमा उनले किसानलाई उन्नत बिउविजन र मलको ब्यबस्थापनमा आफुहरु लागिरहेको बताईन । साथै उनले अब निर्वाहमुखी भन्दा पनि ब्यबसायिकमुखी कृषि गर्नु पर्ने बताउदै किसानको उत्पादनलाई बजारिकरण गर्न उपमहानगरपालिकाले पहलकदमी लिने बताईन ।

बुटवलको उज्यालापुरमा पनि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा धान दिवस मनाईएको छ । सो अवसरमा नगरप्रमुख पाण्डेयले कृषिमा आर्कषित बनाउन मल, विउ तथा अनुदानका कार्यक्रमलाई उपमहानगरपालिकाले अगाडि बढाएको बताए ।

धान दिवस मनाइरहदा रुपन्देहीमा बर्षा नभएपछि धान रोपाइँ भने सुस्त गतिमा छ । प्रदेशमा पनि उल्लेख्य धान रोपाइँ बर्षा नहुँदा हुन सकेको छैन् । सरकारी तथ्यांक अनुसार धान दिवसका दिनसम्म लुम्बिनी प्रदेशमा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रोपाइँ अझै तीव्र गतिमा हुन नसकेको बताए ।

वर्षा नभएपछि र किसानले मल नपाउँदा लुम्बिनीमा यस वर्ष धान उत्पादन घट्ने देखिएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका-२ का रामप्रसाद अर्यालले आफूले १० बिघा खेतमा धान रोपाइँ गर्दै आएकोमा अहिले ब्याडसमेत सुक्ने अवस्थामा पुगेको बताउँछन् । उनले समयमा आवश्यक मल र सिँचाइको सुविधा नहुँदा यस वर्ष धान रोपाइँको काम हुन सकेको छैन ।

गत वर्ष यही अवधिमा लुम्बिनीमा करिब ३२।७१ प्रतिशत रोपाइँ भइसकेको थियो । अहिले गत वर्षको भन्दा २१।६२ प्रतिशतले कम रोपाइँ भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

प्रवक्ता मरासिनीका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबैभन्दा कम रुकुम पूर्वमा हुन्छ ।

कहाँ कति भयो रोपाइँ ?

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । रुपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

यस्तै, धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङमा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ ।

नवलपरासी पश्चिममा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात् १२ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।

पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । प्युठानमा भने ८० प्रतिशत र अर्घाखाँचीमा १० प्रतिशत रोपाइँ भएको छ ।

प्युठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । प्युठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस्तै, रोल्पामा ४५.५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित