लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

आगन्तुक सहकारीका अध्यक्ष घर्ती विरुद्धमा १०९ जनाको उजुरी

बुटवल । सहकारीको रकम उपचलन गरेको आरोपमा पक्राउ परेका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनेको संख्या बढेको छ ।
घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत मंगलबार मात्र पक्राउ गरेको थियो । बचकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका घर्ती विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अहिले उजुरी दिनेहरु दिनानु दिन गइरहेका छन् ।
मंगलबार ९२ जनाको उजुरी पछि घर्तीलाई भैरहवाबाटै प्रहरीले पक्राउ गरेको थियो । बुधबार थप १७ जनाले घर्ती विरुद्ध प्रहरीमा उजुरी छन् । हाल सम्म १०९ जना बचतकर्ताले २ करोड १२ लाख ९४ हजार ६९६ रकम फिर्ता दिनुपर्ने भन्दै प्रहरीमा उजुरी गरेको बताइएको छ । भैरहवाका ९२ जना बचतकर्ताको ५४ लाख र बुटवलका १७ जना बचतकर्ताको मात्रै १ करोड ५८ लाख ९४ हजार ९६९ रुपैयाँ गरी २ करोड १२ लाख ९४ हजार ६९६ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले घर्तीलाई सुरुमा सोधपुजका लागि बोलाएको थियो । तर घर्तीले इन्कारी गरेपछि घर्तीकै साथी मार्फत उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
सहकारीका अध्यक्ष घर्ती सहितले कुल सहकारीको १५ करोड बढि रकम अपचलन गरेको आंकलन छ ।
अध्यक्ष घर्तीले सहकारी समस्याग्रस्तमै रहेको अवस्थामा ९ वटा सहकारी एकै पटक मर्ज गर्ने योजना समेत अगाडि बढाएका थिए । तर पछि सहकारी मर्ज भने भएन् ।
बुटवल अमरपथमा रहेको सहकारी पछिल्लो ८ महिना देखि बन्द छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित