दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

महिला दर्शनार्थीलाई ‘अभद्र व्यवहार’ गर्ने पाल्पा भैरवस्थानका पुजारी निलम्बित

पाल्पा — पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जितनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ । पुजारी योगीले महिला दर्शनार्थीहरुमाथि अभद्र व्यवहार भएको गुनासो आएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार भएको सार्वजनिक भएपछि तत्काल बैठक बसेर निलम्बन गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा वहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ । मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् ।

रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको हो । दर्शन गर्न पुग्ने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुव्यर्वहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित