
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ गरेपछि उनले शिवशिखर अर्गनाइजेनबाट ४३ वटा कम्पनीमा लगानी गरेको तथ्य सार्वजनिक भएको हो ।
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको पाइएको छ ।