बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

बुटवलमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला

बुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ ।

मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलाको तयारी तिब्र पारिएको जानकारी दिए । करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने छन् ।

नेपाल सरकार तथा स्वीजरल्ण्ड सरकारको दिपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीको लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा रोजगार सम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने अपेक्षा लिइएको जानाइएको छ ।

३ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने छ । मेलाबाट आएको रोजगारीको अपेक्षा अनुसारको रोजगार पोर्टल नै बनाएर सोही अनुसारको रोजगारी सृजनामा नगरपालिका लागिरहेको मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेश कुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको बाक्लो उपस्थिति रहेको भन्दै यी र यस्ता उद्योग प्रतिष्ठानहरुमा नेपाली कामदारहरु नै रोजगारी हुन भन्ने हेतुको साथमा मेला पश्चात तालिम समेत आयोजना गरिने बताए । मेलाको नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित