लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सियारी तयार पा¥यो रोजगार रणनीति, रोजगारी प्रबद्धन र रोजगारीका क्षेत्र पहिचान गर्न सहज

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१÷०८१ देखि २०८४÷०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो ।
नेपाल सरकारको निर्देशन बमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो ।
पालिकाले अन्तिम मस्यौदा प्रतिबेदन सम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पुर्णता दिएर कार्यन्वयनका लागि अगाडि बढाईएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन ।
उनले आन्तिरिक रुपमा रोजगारी प्रबद्धन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकिकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपुर्ण सहयोग गर्ने उल्लेख गरिन ।
सियारीले सिपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समाबेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम बिभेदको अन्त्य गर्दै सिपयुक्त व्यवसायिक जनशक्तिको विकास मार्फत रोजगारी र स्वरोजगारी प्रबद्धन गर्ने लक्ष्य लिएको छ ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्धेश्य अनुरुप रोजगार रणनीति बनाईएको बताए । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदाताहरुसंग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचिकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायि बन्ने उल्लेख गरे ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपुर्ण भुमिका खेल्ने बताईन । उनले आगामि दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समाबेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागि परेको बताईन ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारी भित्र अहिले ३ हजारको हारामारीमा औपचारिक रुपमा रोजगाारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताए । उनले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्याङक संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समाबेश गरी राज्यले तोकेको सेवा सुबिधा भित्र राख्न पहल गरिएको बताए ।
सियारीले रोजगारीको हकलाई कार्यन्वयन गर्दै आन्तरिक रोजगारीको प्रबद्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यन्यन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सुचिकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्त्रण गर्ने लगाएतका काम गरेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित