
बुटवल । पछिल्लो समय धेरै मानिसमा ईमान्दारिता देखिदैन । सत्य कुरा पनि झुठ बोल्ने, नभएको कुरालाई सत्य हो भनि प्रमाणित गर्न खोज्नेहरुको जमात अहिले पनि ठुलै छ । अझ पैसाको विषय हो भने त यहाँ धेरैले सत्यलाई ‘असत्य’ बनाईदिन्छन् । ईमान्दिरता भुलिदिन्छन् । तर समाजमा केही यस्ता अपवाद मानिस छन् । जसले आफ्नो ईमान्दारिता प्रस्तुत गर्छन ।
त्यहि मध्येका एक हुन बुटवल योगिकुटीका गणेश न्यौपाने । योगिकुटीमा न्यौपाने दुध डेरी सञ्चालन गरेका गणेश न्यौपानेले बाटोमा भेटाएको १० हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।
बुटवल बेलबासका डेमलाल खनाललाई न्यौपानेले १० हजार रकम र लाईसेन्सको कपि फिर्ता गरेका हुन । ईमान्दारिता देखाउँदै उनले प्रहरी विट योगिकुटीकी प्रहरी सहायक निरीक्षक विमला वि.क.को उपस्थितीमा खनाललाई रकम फिर्ता गरेका हुन ।
‘बाटोमा रकम भेट्टाएपछि प्रहरी विटमा पुगेर सम्बन्धित व्यक्तिको खोजी गरेर रकम बुझाएको हुँ ।’ न्यौपानले भने ।