रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

तिलोत्तमामा अबदेखि खाना फ्याँक्न नपाइने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले भूमि बैंक बनाई सार्वजनिक तथा नदी उकास जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह आदिलाई तुलनात्मक लाभ बढी हुने फलफूल तरकारी खेती गर्न प्रोत्साहन गर्ने बताएको छ । यी कार्यक्रम नीतीमा समेटिएकाे छ ।

सामूहिक खेती अपनाउने समूहलाई जोताइमा ५० प्रतिशत अनुदान दिने, पशुहरुमा देखिएको लम्की स्किन रोगविरुद्ध ७ हजार खोप लगाउने, विशेषज्ञ पशु चिकित्सक सहितको भेट एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।

त्यस्तै तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित