बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

रुपन्देहीमा सशस्त्र प्रहरीले बरामद गरेको बस्तु सुन भएको प्रमाणित, अघि बढ्यो कारबाही

सशस्त्र प्रहरी रुपन्देहीले बरामद गरेको बस्तु सुन भएको पुष्टी भएको छ । बरामद भएको सुनको तौल १ किलो ९६५ दशमलव ३ ग्राम रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले बताए ।

उक्त सुनको मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैया हुन आउने सुनचाँदी ब्यवसायीले अनुमान गरेको उनको भनाई छ । बरामद भएको करको मुल्य १५ लाख तोकी भन्सार ऐन अनुसार कारवाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुने भैरहवा भन्सारका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

दाङ्ग घोराही नगरपालिका वडा नम्बर १० का २१ वर्षिय हुमानन्द गिरी शनिबार राती उक्त सुनसहित पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तरगतको कालीदह नाकामा चेकजाँचको क्रममा गिरीले हाकेको बा १२ च ३८२० नम्बरको कारबाट सुन बरामद भएको एसपी थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित