रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

एनआरएन युकेको विवादले पीडितको नाममा उठेको १५ लाख रकम खातामै अड्कियो

बुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको रकम बैंक खातामा खड्किँदा परिवारले सहयोग प्राप्न गर्न नसकेको हो ।

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट उठाइएको रकम खाताबाट निकाल्न नपाउँदा सदीक्षाको अन्त्यष्टीका लागि परिवारलाई रकम अभाव भएको छ । दोलाखामा जन्मिएकी सदीक्षा नेपालकै उत्कृष्ट ‘हेन्ड राइटिङ’ प्रतिभा भएकी विद्यार्थी थिइन् । उच्च शिक्षाका लागि ऋण-धन गरेर गत २६ डिसेम्बर २०२२ युके पुगेकी उनी अचानक बिरामी भएकी थिइन् । उपचारको क्रममा अस्पतालमै मृत्यु भएपछि नेपाल ल्याउने प्रयास गरिए पनि उनमा लागेको भाइरस अन्यलाई समेत सर्न सक्ने भन्दै अस्पतालले अनुमती दिएन । अनुमती नपाउँदा युके मै अन्त्यष्टी गर्न रकम अभाव भएपछि सहयोगका लागि आह्वान गरिएको थियो ।

एनआरएन यूकेका तत्कालिन उपाध्यक्ष सुनिलबाबु खड्काले गलत नियत राखेर संकलन गरिएको रकम निकाल्न नमिल्ने गरि बैंकमा परिपत्र गरेपछि समस्या सिर्जना भएको हो । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरका अनुसार सुनिल बाबुलाई संस्थताको हित बिपरित काम गरेको भन्दै पदमाबाट निलम्बन गरिएको थियो । आफू निलम्बनमा परेपछि सदीक्षाको अन्त्यष्टीका लागि उठेको सहयोग रकम बैंकबाट निकासा गर्न अबरोध सिर्जना गरेका हुन् । सहयोग रकम नपाएपछि सदीक्षाको अन्त्यष्टी गर्न रकम अभावले परिवार अन्यौलमा परेको छ ।

सदीक्षाको मृत्यु भएको गत १० मे देखि अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ८ वटा संस्थाले संकलन गरेको करिब १५ लाख रुपैयां संकलन भएको छ । वर्खास्त गरिएका एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले संकलित चन्दा रकम आफूले हात पार्ने प्रयास गरेको आरोप लागेको छ । नक्कली भुटानी शरणार्थी कुल आचार्य र नारायण कंडेलको योजनामा सुनिलबाबुले सदीक्षाको नाममा संकलित चन्दा खान खोजेको एनआरएनका एक पक्षले आरोप लगाएका छन् ।

अध्यक्ष गाहा मगरका अनुसार संकलित रकम सदीक्षाका बुबालाई बेलायतमै हस्तान्तरण गर्ने योजना रहेको थियो । आउंँदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा हुने फ्यूनरल सर्भिसमा सदीक्षाका बाबु अन्त्यष्टीका लागि यूके जाँदै छन् ।

सदस्यताका नाममा प्रतिव्यक्ति १० पाउण्डका दरले उठाइरहेको रकम तथा पीडितका लागि उठाइएको रकम समेत सुनिलबाबुको समूहले कुम्ल्याउन खोजेको आरोप छ । ‘पोहोर एनआरएनए यूकेको ४० हजार पाउण्ड खायो । अहिले मरेको मान्छेको ९ हजार पाउण्ड पनि खान र्याल चुहाउंदैछ’, एक अभियन्ताले आक्रोश पोखे, ‘सुनिललाई दिवंगतको आत्माले पक्कै पिरोल्नेछ ।’ खबरकुरा बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित