
यातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ ।
यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार मातहतका सबै कार्यालयलाई बाटो परिपत्र गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले असार ५ गतेदेखि कार्यान्वयन हुने गरी यातायात कार्यालय र जिल्लास्तरमा स्थापना भएका यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको बताए ।
लुम्बिनीको बुटवल, दाङ र बांकेमा यातायात कार्यालय छन भने अन्य जिल्लामा स्थानमा यातायात व्यवस्था सेवा कार्यालय छन । मन्त्रालयले अन्तरप्रदेश दर्ता भएका सवारी साधनको करसमेत सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा निर्देशन गरेको छ ।
सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भनाइ छ ।