बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

बुटवलका सुत्केरीलाई नगद २ हजार प्रोत्साहन

सुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ पाउने छन् ।

मंगलबार उपमहानगरपालिकामा एक विशेष कार्यक्रम आयोजना गरी सुत्केरी नगद प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । पहिलो पटक साउनयता प्रसूति भएका ५० आमालाई उपमहानगरमै बोलाएर सम्मानसहित नगद रकम दिइएको हो ।

नगरप्रमुख खेलराज पाण्डेयले नगदसहित साउनयता जन्मिएका शिशुलाई पोषण सामग्रीसमेत हस्तान्तरण गरे । आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको उनले बताए । बुटवल उपमहानगरपालिकाभित्र लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालनमा छ ।

त्यसमध्ये जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी भए पनि उनीहरुले प्रोत्साहन रकम पाउनेछन् । सुरक्षित सुत्केरी हुन सघाउँदै उनीहरुको स्वास्थ्यबारे जानकारी लिँदै आत्मबल बढाउन र हौसला प्रदान गर्नका लागि नगद प्रोत्साहन कार्यक्रम सुरु गरिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सवित्रादेवी अर्यालले बताइन् ।

यसभन्दा अघि उपप्रमुख घरमै गएर घ्यु, ज्वानो दिनेलगायत दिन कार्यक्रम भए पनि त्यसलाई परिमार्जन गर्दै यस वर्षदेखि नगद प्रोत्साहन ल्याएको हो । बुटवल उपमहानगरपालिकाभित्र वार्षिक करिब ३ हजार ५ सय सुत्केरी हुन्छन् । यस वर्षको जेठ मसान्तसम्म ३ हजार १ सय ५० जना सुत्केरी भएका छन् ।

बुटवल उपमहानगरमा अघिल्लो आर्थिक वर्षमा एक सुत्केरी आमाको मृत्यु भएको थियो । विपन्न वर्गका धेरै सुत्केरीमा कुपोषण देखिएका बेला नगद प्रोत्साहनले त्यस्ता महिलाको पोषण र स्वास्थ्यमा सहयोग हुने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित