
बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना भत्काइएको छ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको निर्देशनपछि डोजर लगाएर भत्काइएको हो ।बुटवल उपमहानगरपालिका–११ कालिका पथसंग जोडिएको दुर्गा टोलमा स्थानीय रामप्रसाद गैरेले बनाएको संरचनामा उपमहानगरले डोजर चलाएको हो । कालिका पथदेखि पूर्वतर्फ जाने १२ फुटे बाटो ओगटेर भवन निमार्ण गरेपछि २०७६ सालदेखि स्थानीयले बिरोध जनाएका थिए ।