निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

१७ तस्वीरमा हेर्नुहोस्– शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन श्रीवास्तवको उपस्थितीमा लुम्बिनीमा शान्ति र सदभावका लागि योग दिवस मनाइएको हो ।


लुम्बिनी विकास कोष, भारतीय राजदूताबास, पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्र्तराष्ट्रिय योग दिवस २०२३ लाई संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री किराँतीले सम्बोधन गरे । उनले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको बताए । महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै गौतम बुद्धको नाम अग्रपंक्तिमा आउने बताए । योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र होइन मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञान संग जोडने बताए ।
मन्त्री किराँतीले नेपाल र भारतविच २३०० बर्ष अघिदेखिको ब्यापार सम्बन्धबाट शुरु भएको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमुधुर बनेको बताए । उनले राम बिना नेपाल र सिता विना भारत अपूर्ण हुने समेत बताए । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई रुटका बिषयमा भारत सरकार सकारात्मक रहेको बताए ।


कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले योग भारतबाट शुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए । उनले नेपाल भारत सम्बन्ध युगौदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमुधुर बनेको बताए ।


पतञ्जली योग समिति कपिलबस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपती पाण्डेयले योग अभ्यास गराएका थिए । पतञ्जली र स्थानीयहरु गरि दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थितीमा योग अभ्यास गराइएको थियो । योग दिवसको अवसरमा आयोजित योग अभ्यसामा मन्त्री किराँती सहित, मुख्यमन्त्री चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए ।

बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीमो प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए । प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्र्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रम अन्तर्गत यो पटक लुम्बिनी र पोखरामा मनाइएको दुताबासका निरज भण्डारीले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित