रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

प्युठानको झिमरुकमा ओखरकोट चोयाचित्र उद्योग

प्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालनमा आएको छ ।

गाउं घरमा खेर गैरहेका बासबाट प्रयोगमा आउने सामाग्री उत्पादन गरी बासको सदुपयोग गर्ने उद्देश्य र गाउंमा रोजगार बढाउने द्वेश्यले चोयाचित्र उद्योग सञ्चालन गरिएको हो ।

बासको चोयाबाट बन्ने विभिन्न सामाग्री उत्पादन गर्नका लागि चोयाचित्र उद्योग सञ्चालन गरिएको हो । बासको चोयाबाट बन्ने विभिन्न प्रकारका समाग्रहीहरु व्यवसायीक रुपमा उत्पादन गर्न थालिएको चोयाचित्र उद्योगका उपाध्यक्ष कर्णबहादुर विकले बताए। बजारको कमी भएकाले बजार पाएमा आवश्यक अनुसार उत्पादन गर्न सकिने उपाध्यक्ष कर्ण विकले बताए ।

बासको चोयाबाट डोका, डाला, नाम्ला, ओरा, फुगा, मान्द्रा, सुपो, माला, छाचुरो, ढकिया, लैरोलगायतका पुराना सामाग्रहीहरु उत्पादन गरी ओखरकोट चोयाचित्र उद्योगले व्यवसायिक रुपमा विक्री गर्न थालेको छ ।

त्यस्तै डाइनिङ टेवल, कुर्ची, बासकेट, मुडा, हेङगर, टुल, कमलदानी, डष्टविन लगायतका समाग्रीहरु पनि उत्पादन गरिएको छ ।बासको चोयाबाट बन्ने सामाग्रीलाई देशव्यापी बनाउनका लागि अहिले गाउंका बेरोजगार युवा, महिलाहरुलाई तालिम दिइएको ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदीप जीसीले बताए।

लुम्बिनी प्रदेशको करिब ८ लाखको आर्थिक सहयोग र झिमरुक गाउंपालिकाको सहजीकरमा ओखरकोट चोयाचित्र उद्योगका सञ्चालन गरिएको हो । गाउंघरमा खेर गैरहेका बासहरु उपयोग गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित