रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

गर्मी छल्न पौडी खेल्ने सोच्दै हुनुहुन्छ ? अपनाउनुस् यी ८ सावधानी

गर्मी बढ्दै गइरहेको छ। अन्य समयमा भन्दा गर्मीयाममा विशेष सावधानी अपनाउन आवश्यक हुन्छ। गर्मीयाममा स्वास्थ्यमा विभिन्न समस्या आउने भएकाले खानपान र चर्को घामबाट बच्नुपर्छ।

त्यस्तै, गर्मी मौसममा पानी पिउनु सबैभन्दा राम्रो हुन्छ। शरीरलाई हाइड्रेटेड राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानी पिउने मात्र होइन शरीरलाई स्फूर्त राख्न पौडी खेल्नु पनि उत्तिकै आवश्यक हुन्छ।

अन्य मौसमभन्दा गर्मीमा धेरै नै पौडी (स्विमिङ) खेलिन्छ। तर पौडी खेल्दा सावधानी अपनाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ, अन्यथा स्वास्थ्यमा विविध समस्या देखिन सक्छन्।

ध्यान दिनुस् सावधानीका यी ८ उपाय :

१) भित्री भाग (इनडोर) मा रहेको स्विमिङ पुलभन्दा बाहिर (आउटडोर) स्विमिङमा पौडी खेल्नु राम्रो मानिन्छ। यसो गर्दा हाम्रो शरीरबाट निस्कने विषाक्त ग्यास हावामा उड्न पाउँछ।

२) स्विमिङ पुलको पानी सफा राख्न क्लोरिन मिसाइएको हुन्छ। तर पौडी खेल्नुभन्दा पहिला क्लोरिनको मात्र कति छ भनेर थाहा पाउनुपर्छ। क्लोरिनको मात्र धेरै हुँदा छालामा समस्या आउन सक्छ।

३) पौडी खेलेपछि सफा पानीले साबुन र स्याम्पु लगाएर नुहाउन कहिल्यै बिर्सनु हुँदैन। यसो गर्दा ताजगी महसुस त हुन्छ नै, क्लोरिनले निम्त्याउन सक्ने जोखिम पनि कम हुन सक्छ।

४) शरीरमा पानीको कमी नहोस् भनेर पौडी खेल्नुभन्दा ३० मिनेट अगाडि प्रशस्त पानी पिउनुपर्छ।

५) आँखामा असर पुग्न नदिन स्विमिङ चश्मा अनिवार्य लगाउनुपर्छ।

६) कानभित्र पानी नछिरोस् भनेर इयर प्लग राख्नुपर्छ।

७) प्राइभेट पार्टमा संक्रमण हुन नदिन पौडी खेल्दा लगाएको कपडा तुरुन्तै बदल्नुपर्छ।

८) सन्सक्रिम र अनिवार्य मोस्चराइजर प्रयोग गर्नुपर्छ। यसो गर्दा छालामा सुख्खापन आउँदैन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित