रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

‘मद्राहनी बुद्धपार्क’को अवधारणाबारे छलफल

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालिन सभ्यतासँग जोडिएको ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल गरिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आईतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको हो ।

तिलोत्तमा ११ भुपुसैनिक उत्तर रोहिणि नदि किनारमा अवस्थित हरियालि सामुदायिक वन भित्र करिब ६ बिगाह क्षेत्रफलमा बौद्धधर्मग्रन्थमा उल्लेख गरिएको रोहीणी नदी सभ्यतालाई जोडेर पार्कको अवधारणा कोषले तयार पारेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बुद्धकालिन सयममा कोलिय र शाक्य गणराज्यको सिमाका रुपमा रोहणीनदी रहेको त्यही सभ्यता उजागर गरेर पर्यटक आर्कषित गर्न पार्क निर्माणले सहयोग गर्ने बताए ।

उनले मायारानीबाट अपभ्रश भएर मद्राहानी कुमारवर्ति क्षेत्र बनेकाले मद्राहनी क्षेत्र ऐतिहासिक पुरातात्विक रुपमा महत्वपूर्ण क्षेत्र रहेको बताए ।

रोहीणी नदीको बिषयमो कोलिय र शाक्यहरूविच कुलोपानीको बाँडफाँड सम्बन्धि मतभेद हुँदा बुद्धले मध्यमार्ग अपनाएकाले यही सन्दर्भलाई मद्राहनी बुद्धपार्कबाट उजागर गर्न सकिने उनले बताए । स्थानीयहरुको आग्रह अनुसार कोषले वाटर पार्क सहितको मद्राहानी पार्कको परिकल्पना गरि गुरुयोजना तयार पारेकाले स्थानीय सरकारलाई अगुवाई गर्न कोषाध्यक्ष भट्टराईको आग्रह छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, पप्रमुख जागेश्वरीदेवी चौधरी, वडा अध्यक्षहरुसँग कोषका प्रतिनिधि र स्थानीयहरुविच छलफल भएको थियो । नगरप्रमुख खाँणले पार्क निर्माणका लागि नगरपालिका सकरात्मक रहेको बताउँदै स्थानीय समुदायको अग्रसरतामा योजना अघि बढाउने बताए ।

छलफलमा नगरउपप्रमुख चौधरीले अवधारणा अनुसार पार्क निर्माणका लागि वनसँग जग्गाको बिषयलाई टुंगो लगाएर जानुपर्नेमा जोड दिईन ।

अवधारणा सम्बन्धी छलफलमा बौद्धग्रन्थका जानकार पूर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले रोहणी नदी बौद्धग्रन्थमा असाध्यै पवित्र नदीका रुपमा उल्लेख गरेकाले यसलाई आधार बनाएर पार्क निर्माण गर्न सके त्यसले देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै देवदह र रामग्राममा पर्यटकीय पूर्वाधार थपिदा पर्यटकको बसाईअवधि थपिने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, जनप्रतिनिधि राधा शाही, गोपाल घिमिरे, लुम्बिनी विकास कोषका वनस्पती शाखा प्रमुख कमलेश प्रसाद वर्मा, ईञ्जिनियर नविन कर्ण, कन्सल्टेन्ट इञ्जिनियर सञ्जु कैनी लगायतले सुझाव दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित