लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिनाउ नदिमा पाैडी खेल्ने क्रममा डुवेर १ जनाकाे ज्यान गयाे

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ।
सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ का १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका अभिशेख शनिबार दिउसो पौडी खेल्न भन्दै तिनाउ खोलामा पुगेका थिए।
विद्युत उत्पादनको लागि तिनाउ खोलामा बाँधिएको ड्याममा पौडी खेल्ने क्रममा उनि अचानक खोलामा वेपत्ता भएका थिए।
युवा वेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले उद्दार गरि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थिए। तर अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित