दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सीजी एग्रोले पाल्पामा पाँच सय रोपनीमा लगायो अकबरे खुर्सानी

चौधरी समूहको सीजी एग्रोले व्यवसायिक कृषि सुरु गरेको छ। कम्पनीले पाल्पामा पाँच सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यवसायिक खेती थालेको हो।

यो कम्पनीले युरिया मलको कारोबार गर्दै आएको थियो। कम्पनीले उत्पादित खुर्सानी केही आफ्नै उद्योगमा खपत गर्छ भने बाँकी बजारमा बिक्री गर्ने उद्देश्य राखेको छ।

समूह अन्तर्गतको सीजी फूड्सलाई ठूलो मात्रामा अकबरे खुर्सानी आवश्यक परेपछि यो खेती गरिएको हो। पिरो चाउचाउमा अकबरे खुर्सानी प्रयोग हुन्छ।

‘अहिले पिरो चाउचाउको माग अत्यधिक छ। त्यसका लागि ठूलो मात्रामा अकबरे खुर्सानी चाहिन्छ। त्यसका लागि आफैंले खेती गर्न खोजिएको हो,’ स्रोतले भन्यो, ‘उद्योगलाई बढी भएमा बिक्री पनि हुन्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित