काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त

पालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा‍. तीर्थराज रेग्मी नियुक्त भएका छन् ।

गत जेठ १८ गतेदेखि लानुहुने हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुँदै प्रमुख भएका हुन । डा रेग्मी सँग ग्रामीण तहमा किसान सँग काम गरेको लामो अनुभव रहेको छ ।

डा. रेग्मी २० वर्षअघि नै सरकारी जागिरे छदा उत्कृष्ट कर्मचारीको सिफारिसमा परेका थिए । नेपालको गरिबी निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य भेटाउन लागि सहयोगी निकाय हुने डा रेग्मीले बताए । उनले नेपाल दूध र मासुमा आत्मनिर्भर भएको र अबका दिनमा साना तथा सीमान्तकृत किसानको क्षमता विकासमा साना किसान मुखी नीतिमा पैरवी गरिने बताए ।

पशुपालनका अतिरिक्त हेफर इन्टरनेशनल नेपालले अहिले अदुवा बेसार जस्ता मसलाजन्य बालीको उत्पादन र प्रशोधनमा काम गरिरहेको छ । नेपालको गरिबी निवारणका लागि साना किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी बनाइने लक्ष्य छ । १२५ देशका करिब पौन चार करोड परिवारमा सँग हेफर इन्टरनेशनल संस्था जोडिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित