रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

तिलोत्तमामा सडक दुर्घटनामा परि एकजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा सनिवार राति सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तिको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गाडी चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का ३२ बर्षिय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्। उनिहरु पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित