कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आयो : प्रचण्ड

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।

लुम्बिनी केवलकारको आज उद्घाटन कार्यकममा बोल्दै उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको र उनिहरुको साथबाट अघि बढ्न चाहेको बताए।

‘कोरोना महामारीको कारण थला परेको देशको अर्थतन्त्र चलायमान गराउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरि र देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरि निजी क्षेत्रका साथीहरुकै सुझावलाई पनि हाल जारी भएको बजेटमा समेटिएको छ।’

उनले​​​​​​​ उत्पादन र रोजगारी सृजना गर्ने क्षेत्रमा आफ्नो प्रगति उत्साहजनक नरहेको समेत उल्लेख गरे।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित