
बुटवल । बुटवल हिल्स द्वारा प्रबर्धित लुम्बिनी केवलकार आज देखि औपचारिक सुरु हुँदैछ । बुटवल र पाल्पाको बसन्तपुर डांडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको आज विहान प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले भोली साढे १० बजे पाल्पाको तिनाउ गाउंपािलका–३, स्थित केवलकारको माथिल्लो स्टेशनबाट उद्घाटन गर्ने कार्यक्रम रहेको केवलकारका परियोजना प्रमुख गोकुल साउदले जानाकारी दिए ।
२०६० सालदेखि प्रक्रिया अघि बढेको केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । केवलकारको सफल परिक्षण पछि जेठ १५ गते देखि नै सर्वसाधरणका लागि खुल्ला गरिएको थियो ।
आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केवलकार सञ्चालनमा आए संगै यस क्षेत्रमा पर्यटकिय गतिविधि हुने अपेक्षा गरिएको छ ।
३ अर्ब रुपैयांको लागतमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजना भित्र रिसोर्ट देखि जीपलाईन चलाउने सम्मका योजना छन् । अहिले केवलकारका अलवा बसन्तपुरमा कामख्या मन्दिर तयार भएको छ ।
केबलकारको टप स्टेशनमा कामाख्या माईको मन्दिर, खाजा नास्ताका लागि रेस्टुरेन्ट, जिपलाइन, स्विमिङ पोखरी लगायतका संरचना तयार भएका भइरहेका छन् ।
दोस्रो चरणमा पांचतारे होटल, कम्प्लेक्स लगायतका संरचना निर्माण गर्ने योजना प्रा.लिको छ । मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलामा प्रतिगोन्डुलामा ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिन्छ ।
झण्डै तीन किलोमिटरको दूरीमा केबलकारका ९ वटा टावर छन । सरकारले केबलकार सञ्चालनका लागि ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकार दिएको छ ।