बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल

लुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालले समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्ने बताएका छन् ।
सोमबार बुटबलमा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा बोल्दै स्काउट मार्फत युवाहरु एकजुट हुनुपर्ने बताए ।
नेपाल स्काउटले राष्ट्र निमार्णमा महत्वपूर्ण भुमिका खेलेको बताउदै लुम्बिनी प्रदेशमा स्काउटको क्षेत्र फराकिलो बनाउदै एक विद्यालय एक स्काउटको अबधारणलाई प्रदेशमा अभियान सञ्चालन गर्न आग्रह गरे । नेपाल स्काउटका केन्द्रीय अध्यक्ष लोक भण्डारीले समाज परिवर्तनका लागि स्काउटले महत्वपूर्ण भुमिका खेलेको बताए । स्काउटले सबै युवाहरुलाई स्काउट अभियानमा जोडेर सामजिक क्षेत्रमा महत्वपूर्ण काम गरिएको बताए ।
एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियानलाई देशभर अगाडी बढाउनु पर्नेमा जोड दिए । नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराइले शारिरिक मानसिक र बौद्धिक रुपमा बालबालिकालाई राष्ट्रको चरित्रवान नागरिक बनाउने उद्देश्यले नेपाल स्काउटले एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियान अगाडी बढाएको बताए ।
सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताए । छ दिनको एडभान्स तालिम निकै महत्बपूर्ण रहेको बताउदै यो तालिमबाट सिकेको सीप सबैले कार्यन्वयनमा लैजान आग्रह गरे । कार्यक्रममा बुटबल उपमहानगरपालिकाकी उप प्रमुख साबित्रा अर्याल, होराइजन माविका प्राचार्य लोकनाथ शर्मा,नहरपुर माविका प्राचार्य धनिश्वर गौतम,वडा सदस्य नकुश शाही ठकुरी लगायतले बोल्नुभएको थियो । स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता, कार्यलय प्रमुख तारा पुरीको सञ्चालन र रुपन्देही इन्चार्ज भरत अर्यालको स्वागतमा कार्यक्रम भएको थियो । तालिममा लुम्बिनी प्रदेशका १२ बटा जिल्लाका स्काउटहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित