जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

लुम्बिनी केबलकार चढ्नेको भीड

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् ।
शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।
जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताए ।
लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने हुंदा प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताए ।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको ब्यासाचार्य किशोर गौतमको भनाई छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ ।
सहकारीका सदस्यलाई निःशुल्क यात्रा
यसैबीच आइएमई ग्रुप अन्तर्गतको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई निःशुल्करुपमा केबुलकार यात्रा र कामाख्यादेवी मन्दिर दर्शन गराएको छ ।
सहकारीले शुक्रबार र शनिबार गरी तीन सय जना भन्दा बढी शेयर सदस्यहरुलाई केबलकार यात्रा गराएको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रका व्यवस्थापक विष्णु वस्तीले बताए ।


सो अवसरमा आइएमई ग्रुपका निर्देशक रुद्र पौडेलले शेयर सदस्यहरुलाई स्वागत गरेका थिए ।
कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित