काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

सरकारको बजेटमा रुपन्देहीका प्राथमिकता यी हुन्

बुटवल । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा पूरानै योजनाहरुको निरन्तालाई प्राथमिकता दिएको छ ।

रुपन्देहीका प्राथमिकता

१. रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण सुरु गरिनेछ ।

२. मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरु गरिनेछ ।

३. भैरहवा विशेष आर्थिक क्षेत्र ( सेज ) लाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।

४. भैरहवाको एकिकृत जाँच चौकीको निर्माण कार्यलाई तिब्रता दिइनेछ ।

५. लुम्बिनी गुरुयोजनाका बाँकी कामलाई निरन्तरता दिइनेछ । बुद्धको जन्मस्थल र अन्य महत्वपूर्ण बौद्ध धार्मिक स्थलहरु समेटेर बुद्ध सर्किट विकास गरिनेछ ।

६. गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने ब्यावस्था मिलाईनेछ । यहाँ बाट उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलयित दिइनेछ । बौद्धमार्गी लुम्बिनीसँग प्रत्यक्ष रुपमा दोडन थाइल्याण्ड, श्रीलंका, चीन भारत लगायतका राष्ट्र सँग गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइनेछ ।

७. लुम्बिनी प्रदेशको बुटवलमा मेडिकल कलेज निर्माण कार्य अगाडी बढाउन रक़म बिनियोजन गरेको छु ।

८. रुपन्देहीको सालझण्डीमा नजिकको सरकारी अल्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइनेछ ।

९. लुम्बिनीमा एकिकृत खानेपानी खानेपानी तथा ढल व्यवस्थापनको कार्य सुरु गरिनेछ ।

१०. नारायणगढ बुटवल सडक खण्डको विस्तार तथा स्तरोन्नतीको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

११. बुटवल गोरुसिंगे सडक खण्डको स्तरोन्नती सुरु गरिनेछ ।

१२. तिनाऊ नदीमा सिंग्नेचर पुल निर्माण सुरु गरिनेछ ।
१३. सिद्धबाबा सुरुंग मार्गको निर्माण कार्यलाई तीब्रता दिईनेछ ।

१४. बेलबिया-बुटवल ६ लेन सडक खण्डको बाँकी कार्य सम्पन्न गरिनेछ ।

१५. बुटवल-पाल्पा-पोखरा सडक खण्डको स्तरोन्नतीका लागि बजेट छुट्याएको छु ।

१६. लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरुमा एकिकृत शहरी पूर्वाधार निर्माण गर्न बजेट बिनियोजन गरेको छु ।

१७. बुटवलमा इन्टरनेट एक्सचेञ्ज निर्माणको संभाब्यता अध्ययन गरिनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित