लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी केवलकारको टिकट एक हजार

बुटवल । लुम्बिनी केवलरकार प्रा.लि द्धारा सुरु हुन लागेको लुम्बिनी केवलकारको टिकट शुल्क अत्याधिक महंगो राखिएको छ । तत्कालका लागि प्रा.लिले ७५० शुल्क लिने भनेपनि केवलकारको दुई तर्फीको टिकट शुल्क प्रतिव्यक्ति १ हजार तोकिएको छ । यो टिकट देशभर सञ्चालनमा आएका केवलकारहरु मध्ये बढि हो । मौलाकाली केवलकार, मनकामना केवलकार, चन्द्रागिरी केवलकार कहि पनि प्रतिव्यक्ति १ हजार टिकट शुल्क लिइएको छैन् ।
केवलकार सञ्चालन पछि बुटवलमा पर्यटन क्षेत्रमा नयाँ आयम आउने अपेक्षा गरिएपनि केवलकारको शुल्ककै कारण पर्यटक भडकिने डर भएको छ । बुटवलमै अर्को फुलबारी देखि नुवाकोट सम्म चल्ने सिद्धार्थ केवलकार प्रा.लि निर्माणधिन अवस्थामा छ । दुई केवलकार बीच प्रतिस्पर्धामा मुल्य राख्नुपर्ने भएपनि लुम्बिनी केवलकारले १ हजार टिकट शुल्क लिने भएपनि सुरुवातमै चर्को आलोचना भइरहेको छ ।
स्थानिय गौरव घिमिरे चन्द्रागिरी भन्दा पनि बुटवलको केवलकारको टिकट महंगो भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्का स्थानिय सन्तोष बञ्जाडेले पनि टिकट दर महंगो भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित