लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालन, टिकट भने महंगो

लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ ।

प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक रुपमा सञ्चालन गरिने जानकारी दिएको हो ।

आइएमई ग्रुपका प्रमुख चन्द्रप्रसाद ढकालले ५ अर्ब लगानीमा बनेको केबलकारले लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खोल्ने बताए ।

३ किलोमिटर लामो केबलकारको अन्तिम स्टेशनमा प्रसिद्ध कामाख्या मन्दिर पर्यटकहरूले दर्शन गर्न पाउनेछन् ।

मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्नेछ । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ । पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउनेछन् । तत्कालका लागि ७५० रूपैयाँ भाडा रहेको छ । तर पछि १ हजार टिकट शुल्क हुनेछ । यो टिकट अन्य केवलकार रहेको स्थानको भन्दा महंगो हो । मनकामना केवलकार लुम्बिनी केवलकार भन्दा लामो दुरीको रहेपनि त्यहाँ टिकटर दर दुइ तर्फीको ७५० छ ।

भारतसँगको नाकाबाट आधा घण्टामा बुटवल आउन सकिन्छ । गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने अध्यक्ष ढकालले बताए ।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएर निर्माण गरिएको हो ।

लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्ने भएको छ ।

टप स्टेशनमा पाँच तारे होटल पनि निर्माण भइरहेको छ । बुटवलबाट प्रदेशको राजधानी सर्नु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फूलफेजमा नचलेको बेला केबलकारले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिलाई चलाएमान बनाउदै बुटवललाई गन्जार बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

बुटवलमा अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ । सिद्धार्थ केबलकार पारी बुटवलदेखि नुवाकोटसम्मको रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित