रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

गुल्मीको ईस्मामा बावुले प्रहार गरेको हसियाले छोराको नाक चटक्कै काटियो

गुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्।
गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती भएको घरायसी बिवाद बढदै जादा बाबुले प्रहार गरेको हसियाले छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ।
राती करीव १ बजे भएको घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट गएको प्रहरी टोलीले बाबू दिलबहादुरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको हसिया समेत बरामद गरेको प्रहरी उपरिक्षक प्रधानले बताए।
घाइते बावुराम नेपालीको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको छ।
नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए
मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिन थालेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित