बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

रेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर

रेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर भएको भन्दै नेपाल वायुसेवा निगमका पाइलटहरूले उडानलाई निरन्तरता दिन नसकिने बताउन थालेका छन्।
पछिल्लो तीन सातादेखि हरेक शुक्रबार यस विमानस्थलमा निगम (नेपाल एयरलाइन्स) ले उडान गरिरहेको छ।
यस विमानस्थलमा आफैंले यात्रुको सामान जाँच, परीक्षण र लोड गर्ने (जहाजमा राख्ने/झार्ने) देखि जहाजको ढोका लगाउनेसम्मको काम गर्नुपरेको भन्दै पाइलटहरूले उडान निरन्तरता दिन नसक्ने बताएका हुन्।
‘तीनवटा उडान भइसक्दा पनि निगमले विमानस्थलको व्यवस्थापन गर्न सकेको छैन। हामी आफैंले सबै काम हेर्नुपरेको छ,’ उडानमा संलग्न एक पाइलटले भने, ‘पाइलटको काम जहाज उडाउने हो कि सामान ओसार्ने?’
यो विमानस्थल अघिल्लो महिनाबाट सञ्चालनमा आएको हो। विमानस्थलमा निगमले हालसम्म दुईतर्फी ६ वटा (अराइभल र डिपार्चर) उडान गरिसकेको छ।
सुरक्षित हवाइ यात्राका लागि दक्ष र अनुभवी कर्मचारी चाहिए पनि निगमले व्यवस्थापन गर्न नसकेको विमानस्थलका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार विमानस्थलमा अहिले रेसुंगा नगरपालिकाका केही कर्मचारी र सम्बन्धित जहाजका पाइलटले काम गरिरहेका छन्।
‘जहाज उडाएर मात्र हुँदैन, सम्बन्धित निकायले अनुभवी कर्मचारी राख्नुपर्छ,’ उनले भने, ‘नगरपालिकाका कर्मचारीलाई एयरलाइन्समा यात्रुका सामान राख्ने र झार्ने अनुमति दिएर हुँदैन।’
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पनि अहिले नगरपालिकाले नै विमानस्थलको व्यवस्थापन गरिरहेको बताए। हरेक शुक्रबार जहाज विमानस्थलमा अवतरण भइसकेपछि र उडानको तयारी हुँदै गर्दा पालिकाका कर्मचारीहरूले सहयोग गरिरहेको उनले बताए।
‘जहाजमा काठमाडौं जाने वर्षौंदेखिको गुल्मेली जनताको सपना पूरा भएको छ,’ मेयर पन्थीले भने, ‘यसका लागि नगरपालिकाले सहयोग गरिरहेको छ।’
उनका अनुसार सम्बन्धित निकायले विमानस्थलको व्यवस्थापन नगरेपछि नगरपालिकाले नै गर्दै आइरहेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित