लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन, खोजविनमा सहयोग गरिदिन अपिल

बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् । नेपाल १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपनि अहिले सम्म कुनै सम्पर्क नभएको परिबार स्रोतले बताएको छ ।
उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क विहिन भएको सूचना प्रहरी सम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजविन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।
परिबारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले मोबाईल साथमा नलग्दा खोजविनमा समस्या भएको बताए । उनले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा प्रहरीले सुनौली क्षेत्रमा खोजविन गररहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित