लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बुटवलको रोजगार मेलामा साढे पाँच सय बढीको आवेदन

बुटवल । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।
इन्टरनेशनल लेवर अर्गनाईजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा बुधबार सम्पन्न दुई दिने रोजगार मेला (जब फेयर) मा ५ सय ५० जना बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले बताए ।
मेलामा आउने अधिकांस कलेज पढ्ने विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, बैदेशिक रोजगारीबाट फर्किएका लगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा तीन करिव ३ सय जनलाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्योग प्रतिष्ठानहरुमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनौट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनीधिहरुले बताएका छन् ।
रोगारीको अवसर खोजेर मेलामा आएकाहरुले आफ्नो क्षमता र चाहना अनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाईने उनीहरुले बताएका छन् ।
मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरिन । उनले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएको भन्दै प्रशंसा गरिन । मेलाको मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका थिए ।
नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकोले यस बिचको तारतम्य मिलाउनको लागि रोजगार मेला गरिएको इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित