काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

आहा ! लुम्बिनीमा दुर्लभ सारस

विश्वकै दुर्लभ पक्षी मानिने सारसका बथान अहिले लुम्बिनी क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । लुम्बिनी आसपासको सिमसार क्षेत्रमा स्थायी बसोबास गर्ने सारस अहिले हरियो धान भएको फाँटभित्र यतिबेला कीरा-फट्याङग्रा, झुसिलकीरा, पतेरा, गँड्यौला, भ्यागुताेको खोजी गरिरहेका छन् ।

सिमसार क्षेत्रमा पाइने कलिलो घाँस पनि सारसको आहारा हो । लामो घाँटी र अग्लो खुट्टा भएको आकर्षक पक्षी सारस लुम्बिनी आसपासका क्षेत्रमा सजिलै भेटिन्छ ।

खेतीयोग्य जमिनसँगै सिमसार हुने क्षेत्र रुचाउने भएकाले पनि सारसका लागि लुम्बिनी क्षेत्र प्रख्यात मानिन्छ । उड्न सक्ने सबैभन्दा ठूलो पक्षी सारस ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । प्राकृतिक रूपमा रहँदा ३० वर्षभन्दा धेरै आयु बाँच्न सक्ने सारस वयस्क अवस्थामा पुग्दा ५ फिट उचाइ र १० किलो तौलसम्मको हुने गर्छ ।

विश्वकै दुर्लभ पक्षी मानिने सारसको संरक्षणका लागि लुम्बिनी विकास कोषसमेत लागेको छ । नेपालमा पाइने सारसको कुल संख्यामध्ये लुम्बिनी क्षेत्रमा मात्र ८० प्रतिशत बसोबास गर्छन् ।

लुम्बिनीआसपासका सियारी, शुद्धोधन, मायादेवी, मर्चवार, कपिलवस्तुको जगदिशपुर ताल, नवलपरासीलगायतका ठाउँमा गरी कुल सारसको संख्यामध्ये ८० प्रतिशत यहाँ पाइने चराविद् हेमसागर बरालले बताए ।

पछिल्लो समय लुम्बिनीमा सारसको संरक्षणमा ध्यान दिइएको छ । सिमसार क्षेत्र रुचाउने भएकाले सीमसारको क्षेत्र संरक्षण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा सारसलाई गौतमबुद्धको जीवनसँग समेत जोड्ने गरेको पाइन्छ । दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएको बताइन्छ ।

यसरी प्राण लिने र प्राण बचाउने दुई भाइको विवादपछि राजा शुद्धोधनसमक्ष लैजाँदा पक्षीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला राजाले गरेको र गौतमुबद्धको जीत भएको बताइन्छ ।

गौतमबुद्धको जीवनमा भएको यो प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । शान्ति र प्रेमको प्रतीक मानिने सारस हेर्न विश्वका पर्यटक र चराविद् लुम्बिनी क्षेत्रसम्म आइपुग्छन् ।

संरक्षित पक्षी भएकाले यसलाई मार्न वा अण्डा नष्ट गर्न नपाइने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले गरेको छ ।

त्यसो गर्ने व्यक्तिलाई १५ हजारदेखि ३० हजारसम्म जरिमाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

दुर्लभ पंक्षी सारस संरक्षणको योजना बनाउन विभिन्न क्षेत्रका विज्ञहरु लुम्बिनीमा जुटेका छन् । सारस क्रेनको प्रमुख बासस्थान मानिएको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा यो पक्षीको संरक्षणको परियोजना सुरु भएपछि उनीहरु यहाँ जुटेका हुन् ।

टोलीले १० दिनसम्म बसेर यसका विषयमा गम्भीर अध्ययन गर्नेछ । सिमसार क्षेत्रको अतिक्रमण बढेकाले सारस संरक्षणमा संकट आइलागेको भन्दै आलोचना बढेकाले विज्ञहरुले यसमा सरोकार राखेका हुन् ।

वुद्धजन्मस्थल रुपन्देहीको लुम्बिनी क्षेत्र, कपिलवस्तु र पश्चिमनवलपरासीका विभिन्न क्षेत्रमा सारस पंक्षीले वासस्थान बनाउँदै आएको छ । सिमसार क्षेत्रमा रहने विश्वको दुर्लभ पंक्षी संरक्षणका लागि अहिले विज्ञहरुले विशेष पहल गर्दै आएका छन् ।

नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा. हरि शर्माले संरक्षित पक्षी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्यांक यकिन गर्ने, यसको बासस्थानको अवस्था र भोग्दै आएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरको अवस्था पत्ता लगाउने तथा मानव र यो पक्ष्ँीको सम्बन्धको बारेमा वैज्ञानिक जानकारी संकलन गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।

स्थानीय मानिसलाई यसबारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने उनको भनाइ थियो । नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणिशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष,इन्टरनेशनल क्रेन फाउन्डेशन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा शुरु भएको यो परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित