जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन बुटवलका सम्पूर्ण विद्यालय आज बन्द बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने                
समाचार :

बुटवलमा रोजगार मेला हुँदै

बुटवलमा यहि जेठको ९ र १० गते जव फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।

महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ।.को सहयोगमाा हुने दुई दिने रोजगार मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बुटवल उद्योग वाणिजय संघका कार्यक्रम अधिकृत मेलाका फोकल प्रसन केशव ढकालले बताए ।

स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित