लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए।  यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ।

विज्ञप्तिका अनुसार सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेकाे छ।

पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ। त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो। तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ। त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्। उनी रेशमको मुद्दा फिर्ता हुनपर्ने सर्तमा सरकारमा गएकी हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित