लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए लुम्बिनीका सभामुखले

गाडी सिक्ने क्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी दुर्घटनामा परेको छ। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप आफुले सिक्ने क्रममा दुर्घटनामा परेको हो।

आफैंले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किए गाडी दुर्घटनामा परेको सभामुख निवासका एक कर्मचारीले बताएका छन् ।
अहिले गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ। गाडीको बाहिरी भागमा ठूलो क्षति नदेखिएको भए पनि भित्र ठूलो क्षति भएको मर्मतमा संलग्न एक मेकानिक्सले बताए।

‘सरले आफैंले सिक्नुभएको थियो अचानक नियन्त्रण गर्न सक्नु भएन, पर्खालमा ठोक्किँदा गाडीको अगाडिको शिशा फुटेको छ। निवासको पर्खाल पनि केही भत्किएको छ,’ ती कर्मचारीले भने।

दुर्घटनामा परेपछि उक्त जिपलाई सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो। अहिले उक्त जिपलाई त्यहाँबाट पनि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको प्रदेश सभा सचिवालयका प्राविधिक सुरज ढकालले बताए।

यसअघि पनि गत वैशाख १ गते सभामुखको सचिवालयका एक कर्मचारीले सिक्दै गर्दा लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा विद्युतको पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षति पुगेको थियो। घरधनी अर्यालले घरमर्मतका लागि २० लाख रुपैयाँ दाबी गरेपछि विवाद उत्पन्न भएको थियो।

सोही विवादका कारण हालसम्म पनि उक्त गाडी मर्मत हुन सकेको छैन। गाडीलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरमा राखिएको ढकालले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित